गौरीगञ्ज ,कात्तिक १५ । सशस्त्र सीमा सुरक्षा प्रहरी वल गौरीगञ्जको गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका वडा नं. ४ स्थित हुक्कागाछी चौकपूर्व कारी अन्सारीको घरबाट विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

सशस्त्र सीमा प्रहरी बल गौरीगञ्जका डिएसपी विष्णुहरि घिमिरेको नेतृत्वमा खटिएको टोलीले आज विहान करिब ८ बजे ३ लाख मूल्य बराबरको पटाका र विडी बरामद गरेको हो । प्रहरी टोलीले अवैधरूपमा भारतबाट नेपाल ल्याई अन्सारीको घरको कोठामा राखिएको अवस्थामा पटाका बरामद गरेको थियो ।

अवैधरूपमा भारतबाट ल्याएको ३ बोरा पटाका र १ बोरा बिडी कोठामा ताल्चा लगाइराखेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले सुइको पाएपछि छापा मारेको थियो ।
बरामद गरिएको उक्त परिमाणको पटाकालाई जिल्लास्थित सशस्त्र प्रहरी बलको हेडक्वाटरमा नष्ट गरिने डिएसपी घिमिरेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्