झापा,कात्तिक १५ । चलचित्र ‘हल्कारा’ एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट भएको छ । कात्तिक २२ देखि मङ्सिर १७ सम्म संयुक्त राज्य अमेरिकाको लस एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने फेस्टिभलको नवौँ संस्करणको प्रतिस्पर्धात्मक खण्डमा चलचित्र छनोटमा परेको हो ।यसले एसियाली मुलुकका दर्जनौँ चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यस वर्ष ओस्कारमा सिफारिस भएका अन्य एसियाली मुलुकका चलचित्रहरू पनि प्रतिस्पर्धाका लागि छनोटमा परेका छन् । फेस्टिभलको दौरान ‘हल्कारा’ कात्तिक २४ साँझ ४ बजे र कात्तिक २५ गने राति ९ः३० बजे स्क्रिनिङ हुने तालिका रहेको छ । त्यसपछि निर्देशक विक्रम सापकोटासँग प्रश्नोत्तर सेगमेन्ट पनि रहेको छ ।महेश त्रिपाठी र विनीता थापामगरको प्रमुख अभिनय रहेको चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा छन् । चलचित्र कवि विप्लव प्रतीक र आकाश बरालले सहलेखन गरेका छन् । महेश र विनीताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको अभिनय छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्