झापा, कात्तिक १६ । जिल्ला समन्वय समिति पाँचथरका प्रमुख र उपप्रमुख चढ्ने गाडी आपसमा जुधेका छन् ।

जिसस प्रमुखको गाडीमा पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद बसन्तकुमार नेम्वाङ सवार थिए भने अर्को गाडीमा उपप्रमुख यामकुमार आङ्बो थिए ।

जिससबाट फिदिम–११ स्थित फेवादिन घर जान निस्केका आङ्बो चढेको गाडीले भारपाबाट फिदिम बजार हुँदै सरगम होटलतर्फ अगाडि बढेको गाडीसँग बुधबार साँझ जिल्ला प्रहरी कार्यालयको मूलगेट अगाडि जुधेका हुन् । आपसमा जुध्दा प्रमुख चढ्ने गाडीको हेटलाइट फुट्नका साथै अग्रभागमा आंशिक क्षति पुगेको छ । यस्तै उपप्रमुख चढ्ने गाडीका ढोकामा क्षति पुगेको छ ।

जिसस तर्फबाट आइरहेको गाडीले भारपाबाट आएको अर्को गाडीलाई नदेख्दा ठोक्किन पुगेको उपप्रमुख आङ्बोको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले गाडी जुधेको पुष्टि गर्दै ठूलो क्षति नभएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्