बिर्तामोड , कात्तिक १६ । बिर्तामोड नगरपालिका २ नं वडा कार्यालयले पहिलोपटक गाई भैसीमा कृत्रिम गर्भधारण कार्यक्रम संचालन गर्ने भएको छ ।

आर्थिक बर्ष २०८०–८१ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वडामा पशु तथा कृषिमा विनियोजित भएको बजेटबाट वडामा कृषकहरुले पाल्दै आएको गाई भैसीमा कृत्रिम गर्भधारण गर्ने कार्यक्रम कृषकसँगको साझेदारीमा संचालन गर्न लागिएको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।

‘पूर्वाधारयुक्त नगर, विषादीरहित कृषि र व्यवसायको अभिवृद्धि,सभ्य र स्वस्थ नागरिक’ भन्ने मुल नाराका साथ सो कार्यक्रम संचालन गरिएको अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्