एजेन्सी ।आइसीसी विश्वकप क्रिकेटअन्तर्गत आयोजक भारतले श्रीलंकालाई ३०२ रनको विशाल अन्तरले हराएको छ।

भारतले दिएको ३५८ रन पछ्याउने क्रममा श्रीलंका १९ दशमलव ४ ओभरमा ५५ रन बनाउँदा अलआउट हुँदै ३०२ रनको विशाल अन्तरले हारेको हो।

श्रीलंकालाई जम्मा ५५ रनमा सीमित राख्न भारतका बलरहरु मोहम्मद शमीले पाँच विकेट, मोहम्मद सिराजले तीन विकेट तथा जसप्रीत बुमराहले एक विकेट लिए।

श्रीलंकाका पाँच जना ब्याटर खाता नै नखोली आउट भए।दुई जनाले एक एक रन बनाए । एंजलो मैथ्यूजले १२ रन जोडे । कसुन रजिताले १४ रन बनाए।श्रीलंकाले अतिरिक्तस्वरुप नै २० रन पाएको थियो।
यो हारसंगै श्रीलंका विश्वकपको उपाधि दौडबाट लगभग बाहिरिएको छ।आयोजक भारतले भने जारी विश्वकपमा अपराजित यात्रा कायमै राखेको छ।भारत ७ खेलमा ७ नै जितसहित १४ अंकका साथ तालिकाको अग्रस्थानमा उक्लिएको छ भने श्रीलंका ७ खेलमा २ खेल जितेर ४ अंकका साथ तालिकाको सातौ नम्बरमा यथावत रहेको छ।

यसअघि भारतको मुंबईमा भएको खेलमा श्रीलंकाले टस जितेर भारतलाई पहिला व्याटिङ गर्ने निम्तो दिएपछि घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३५७ रन बनाएपछि श्रीलंकाले खेल जित्न ३५८ रन बनाउनु पर्ने थियो ।

पहिलो ओभरको दोस्रो बलमा भारतका कप्तान रोहित शर्मा आउट भएपछि भारत दवाबमा रहेको थियो ।पछि विराट कोहली र शुभमन गिलले उत्कृष्ट खेल्दै सम्मानजनक स्कोर बनाउन मद्धत गरे । शुभमन गिलले ९२ बलमा ११ चौका र २ छक्कासहित ९२ रन बनाए ।विराट कोहलीले ९४ बलमा ११ चौकासंगै ८८ रन बनाए । के एल राहुलले १९ बलमा २ चौकासंगै २१ रनको योगदान दिए । सूर्यकुमार यादवले ९ बलमा २ चौकासंगै १२ रन बनाए । श्रेयस अय्यर ५६ बलमा ३ चौका र ६ छक्का ठोक्दै ८२ रन बनाएर आउट भए । मोहम्मद शमी ४ बलमा २ रन बनाएर आउट भए ।रविन्द्र जाडेजा २४ बलमा १ चौका र १ छक्का ठोक्दै ३५ रन बनाएर आउट भए।
श्रीलंका लागिदिलशान मदुशंकाले १०ओभरमा ८० रन खर्चेर ५ विकेट लिए। दुश्मान्ता चमीराले १० ओभरमा २ मेडन ओभरसहित ७१ रन खर्चेर १ विकेट लिए।अन्य बलरहरु कसुन रजिता,जलो मैथ्यूज, महीश थीक्षणा र शान हेमंता कसैले विकेट लिन सकेनन।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्