झापा, कात्तिक १८ । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।

जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु भएको हो।

सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले उनको मृत्यु भएको हो। गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनम उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्