![](https://pratidindaily.com/wp-content/uploads/2023/11/jajarkot-bhukampa-photo.jpg)
झापा, कात्तिक १९ । पूर्व राज्यमन्त्री तथा एलए एजुकेशन गुप्रका संस्थापक उमेश श्रेष्ठले भूकम्पमा बाबुआमा दुवै गुमाउने छात्रछात्रालाई २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका छन् । जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी बाबुआमाविहीन भएका १० जना छात्रछात्रलाई उच्च माध्यमिक तहसम्म आवासीय सुविधासहितको निःशुल्क शिक्षा प्रदान गरिने उनले जनाएका छन् । छात्रछात्रा ५/५ जनालाई एलए गुप्र अन्तर्गतका शिक्षणसंस्थाबाट आवासीय सुविधा सहितको निःशुल्क शिक्षा प्रदान गरिने उनको भनाइ छ ।