हल्दिबारी, कात्तिक २० । झापाको हल्दिवारी गाउँपालिका ४ मा बच्चा चोरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

अन्दाजी २५ बर्षका एक युवालाई सो आरोपमा पक्राउ गरिएको हो । स्थानीय रुद्र मैनालीको चिया बगानमा मजदुरी गर्दै आएका लोकमान र लक्ष्मी राईका १० महिनाका छोरालाई कोक्रोबाटै लैजान लागेको देखेपछि उनलाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका छन् । स्थानीयले ती युवालाई कुटपिट पनि गरेका छन् ।

भारतको इस्लामपुर घर भएका ती भारतीय युवाको नाम बुद्ध उराव भएको र उनी गोलधाप भुतेनी खोला पारी बस्दै आएको बताइएको छ । उनको मानसिक सन्तुलन ठीक नभएको आशंका पनि गरिएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्