झापा, कात्तिक २० । कनकाई नगरपालिका –३ सुरुङ्गाको जय पाथीभरा टोलमा आज साँझ करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ ।

साँझ ५ बजेको समयमा स्थानीय हरिहर पराजुलीको दुई तले घरको माथिल्लो तलामा टीनको छाना लगाउने क्रममा तलबाट माथिल्लो तलामा रड दिँदा घरमाथि रहेको ११ हजार भोल्टेजको करेन्टमा रडले छुनगई मजदुरको मृत्यु भएको हो ।

करेन्ट लागेर घाईते बनेका कनकाई नगरपालिका– ६ चम्पापुर निवासी ३३ बर्षिय रामकुमार श्रेष्ठलाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याउँदै गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्