एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले श्रीलङ्कालाई ३ विकेटले पराजित गरेको छ ।


श्रीलङ्काले दिएको दुई सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भयो ।

हिजोको खेलमा समयमै ब्याटिङ नगरेपछि श्रीलङ्काका खेलाडी एन्जेलो म्याथुज टाइम आउट भए । यो हारसँगै श्रीलङ्काको सेमिफाइनलको बाँकी आशा सकियो भने शीर्ष ८ मा परेर च्याम्पियन्स ट्रफीमा छनोट हुने आशामा समेत धक्का लागेको छ । आठ खेलमा २ खेल जितेको श्रीलङ्का ४ अङ्कसहित आठौँ स्थानमा छ । आठ खेलमा २ वटै खेल जितेको बङ्गलादेश रनरेटका आधारमा सातौँ स्थानमा छ । श्रीलङ्काले विश्वकप २०२३ मा आफ्नो अन्तिम खेल न्युजिल्यान्डसँग खेल्नेछ भने बङ्गलादेशले आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्