झापा, कात्तिक २१ । प्रदेश सांसद गोपाल तामाङले हात्तीको आक्रमणबाट घाइते मेचीनगरका गोपाल रिजालको निःशुल्क उपचारको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरेका छन् ।

प्रदेश सभाको हिजोको बैठकमा बोल्दै सांसद तामाङले रिजालको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका हुन् । उनले बाहुनडाँगी क्षेत्रको हात्ती समस्या नियन्त्रण गर्नसमेत माग गरेका छन् ।

दुई दिनअघि आइतवार बिहान मेचीनगर– २ का रिजाललाई मर्निङ वाक गर्ने क्रममा हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनाएको हो । स्थानीय रानागाउँ चोकमा ४२ बर्षिय रिजालमाथि हात्तीले आक्रमण गर्दा उनको ७ वटा करङ भाचिनुका साथै फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन् । उनको बीएण्डसी अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्