बिर्तामोड, कात्तिक २१ । सडकमा धुलो उडेर स्वास्थ्यमा गम्भीर असर परेको भन्दै बिर्तामोड नगरपालिकाको निर्माणाधिन सैनिकमोड– सैनिकबजार सडकखण्डमा स्थानीयले ढाट लगाएर अवरोध गरेका छन् ।

धुलोको समस्याको समाधानको लागि दवाब दिने उद्देश्यले ठाउँठाउँमा ढाट लगाएर स्थानीयले आवतजावतमा अवरोध सिर्जना गरेका हुन्। बिराटपोखर चोक,तारानाथ चोक,ठुटेबर चोक र सैनिकबजारमा स्थानीयले ढाट लगाएका थिए । बिहान ९ बजेबाट ठाउँ ठाउँमा लगाईएको ढाट नहटाउने स्थानीयले बताएका छन्।

लामो समयदेखि कालोपत्रे नगरी सो सडकखण्ड ग्राभेल अबस्थामा धुलाम्मे छोडिएको छ । गत कात्तिक १ गतेदेखि पुनः काम शुरु गरिएकोमा केही दिनदेखि काम रोकिदा धुलोको मारमा स्थानीय परेको बिर्तामोड–१० का नवराज चुडालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्