झापा, कात्तिक २२ । यस वर्षको तिहारमा नेपालमा ४० लाख थान फूलको माला खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार नेपालमा मागको ८० प्रतिशत फूल भने नेपाली उत्पादनले नै धान्ने देखिएको छ । तिहारलाई फूलैफूलको चाडको रूपमा लिने भएकाले पनि यस पर्वमा फूलको महत्त्व रहेको छ। यस वर्ष अन्य वर्षको तुलनामा माला आयतमा कमी आएको छ । स्थानीय उत्पादनले धान्न थालेपछि आयतमा कमी आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्