झापा, कात्तिक २२ । झापाको शिवसताक्षीमा एकजना पुरुषको बेवारिसे शव फेला परेको छ । स्थानीय वडा नम्बर ११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको जंगल हातामा बुधबार दिउँसो मध्यान्ह शव फेला परेको प्रहरीले जनाएको छ ।

जंगलमा घाँस काट्ने जाने महिलाहरुले सडेकोजस्तो गन्ध फैलिएको थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २५देखि ३० वर्ष उमेर समूहको जस्तो देखिने पुरुषको पुरै शरीर सडेको अवस्थामा छ । शवको पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरीका अनुसार कालो टिसर्ट, कालो जिन्सको पेन्ट, निलो रंगको व्याग फेला परेको छ । व्यागभित्र गाँजा र मदिरा समेत फेला परेको छ । शवको ३ मिटर नजिकमा भिभो मोवाइल फोन सेट समेत फेला परेको प्रहरीले जनाएको छ । सताक्षीधाम गुरुकुलका प्राचार्य मदन मोहन अधिकारीका अनुसार पान्डा जुत्ता लगाएको अवस्थामा शव फेला परेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्