झापा, कात्तिक २२ । झापा क्षेत्र नं–२ मा सिटौला पक्षका अधिकांश नेताहरु कांग्रेस महासमिति सदस्यमा निर्वाचित भएका छन् ।

११ पदका लागि १८ जनाले उम्मेदवारी दिएकोमा अधिकांश नेता कृष्णप्रसाद सिटौला निकटहरुले निर्वाचन जितेका हुन् । ५ जना खुल्ला पुरूषतर्फ ८ जनाको उम्मेद्वारी परेकोमा जलकुमार गुरुङ ३३६ , गोपालकुमार बस्नेत ३२९ , उद्धव थापा ३१३ , सुधिरकुमार शिवाकोटी २९७ र दिपेन्द्रप्रसाद ढकाल २८७ मत ल्याई विजयी भएका छन् । टीकाप्रसाद प्रसाई २६४ , छत्रबहादुर गिरी २५६ र हस्तबहादुर परियार २०७ मत ल्याई पराजित भएका छन् । त्यस्तै दुई खुल्ला महिलातर्फ सीता पौडेल ३४६ र उमा शिवाकोटी २९२ मत ल्याई विजयी भएका छन् । तीनजनाको उम्मेदवारी परेकोमा चन्द्रकला भण्डारीले २५६ मत पाएकी छन् ।

त्यसैगरी खस आर्य महिलातर्फ भूमादेवी घिमिरे २६० मत ल्याई निर्वाचित भएकी छन् । उनका प्रतिष्पर्धी रन्जिता कार्कीले २२३ मत पाएकी छन् । खसआर्य पुरूषतर्फ अनोजकुमार खड्का र यज्ञप्रताप अधिकारीले निर्वाचन लडेकोमा खड्का ३०२ मतसहित निर्वाचित भएका छन् भने अधिकारीले मात्र १४७ मत पाएका छन् ।

त्यस्तै आदिवासी जनजाति खुल्लामा दिपक तामाङ र रमेशकुमार भुजेलले उम्मेदवारी दिएकोमा तामाङ २९१ मतसहित विजयी भएका छन् । भुजेलले २०१ मत ल्याएका छन्। आदिबासी जनजाति महिलातर्फ राधा सुब्बा निर्विरोध निर्वाचित भइसकेकी थिइन् । मतदानमा ४९९ जना क्षेत्रीय प्रतिनिधिले मत हालेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्