बिर्तामोड, कात्तिक २२ । अपांगता भएका बिर्तामोड– ९ का डोले राजवंशीले ह्वील चियर पाएका छन् ।

बिर्तामोड नगरपालिका वडा नं. ५ मा स्थापना भएको सामाजिक संस्था उज्यालो परिवर्तन समाज नेपालले अशक्त डोले राजवंशीलाई ह्वील चियर दिएर आफ्नो पहिलो कार्यक्रम शुरुवात गरेको हो । संस्था स्थापना भएपछिको पहिलो कार्यक्रमस्वरुप डोले राजवंशीलाई ह्वील चियर प्रदान गरिनु प्रभावकारी रहेको संस्थाका सल्लाहकार समितिका संयोजक सुवास भट्टराईले बताए । डोले राजवंशीको थप सहजताका लागि नगरका सम्पूर्ण सामाजिक ब्यक्तित्वहरुले चासो दिनुपर्नेमा उनको जोड थियो ।समाज रुपान्तरणको अभियानका लागि उज्यालो परिवर्तन समाज नेपालले सुरु गरेको क्रियाकलाप अत्यन्तै सह्रानीय रहेको उनले बताए ।

डोले राजवंशीको आवश्यकतालाई महसुस गरी सो सहयोग गरेको बताउँदै संस्थाका अध्यक्ष रामप्रसाद मैनालीले सामाजिक सेवामा संस्थाले निस्वार्थ रुपमा काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । डोले अपांग भएर हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका कारण मानव आश्रमले स्वीकार नगरेको वडा अध्यक्ष हरि चौलागाईले बताए ।

यसअघि डोले राजवंशीको घर निर्माणका लागि विभिन्न सामाजिक अभियन्ता,संघसंस्था र स्थानीय सरकारले सहयोग गरेका थिए । ह्वील चियर वितरण कार्यक्रमको संचालन संस्थाका सचिव पुष्प पाठकले गरेका थिए ।कार्यक्रममा संस्थाका पदाधिकारी साथै स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्