झापा, कात्तिक २३ । कलाकार दिपाशा बीसीको निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बेलुकी थापाथलीस्थित नर्भिक पु¥याइएकी उनलाई बिहीबार अस्पतालले मृत घोषणा गरेको हो । शरीरमा औषधिको मात्रा धेरै देखाइएको कारण देखाउँदै अस्पतालले मृत घोषणा गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जनाइन् । अध्यक्ष मगरका अनुसार बीसीले प्रतिष्ठानको ८ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा चुनाव लडेकी थिइन् । कलाकार बीसीले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्