मेचीनगर , कात्तिक २४ । झापा क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका महासमिति सदस्यहरु चयन भएका छन ।

हिजो भएको निर्वाचनबाट १० जना निर्वाचित भएका हुन् । त्यसअघि एक जना निर्विरोध भएका थिए । निर्वाचन समिति संयोजक चन्द्रशेखर गुरागाईका अनुसार निर्वाचनबाट खुल्लातर्फ बिमल आचार्य ३६५ मत, राम कट्टेल ३५२ मत, केशवराज पाण्डे ३५२ मत, अशोककुमार पोखरेल ३२३ र मणिकुमार उप्रेती २६१ मत प्राप्त गरी महासमिति सदस्यमा विजयी भएका छन् । त्यस्तै महिला खुल्लातर्फ दुर्गा खतिवडा ३७६ र उषा गुरुङ २८९ मत प्राप्त गरी विजयी भएका छन् ।

हिजै भएको निर्वाचनबाट खस आर्यतर्फबाट तेजप्रसाद चौंलागाई २७९ र चन्द्रकला भट्टराई २०२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने आदिवासी जनजातिको खुल्लातर्फबाट प्रेम सम्बाहाम्फे ३७९ मतसहित निर्वाचित भएका छन् । आदिवासी जनजातिको महिलातर्फ भने यसअघि नै डम्बरकुमारी थापा मगर निर्विरोध भएकी थिइन् । खुल्लातर्फ उम्मेद्वार बनेका पुष्पराज पौडेलले २४७, लोकराज ढकालले २४१, खड्गबहादुर धिमालले २२८ र पंकजबिक्रम नेम्वाङले १९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला खुल्लातर्फकी उम्मेद्वार शोभा श्रेष्ठ नेम्वाङले २६० मत प्राप्त गरेकी छन् भने खस आर्यतर्फका उम्मेद्वार रोहितकुमार बुढाथोकीले २६९ तथा खस आर्य महिलातर्फका उम्मेद्वार सुशिला रिजालले १७० र टिका सुवेदीले १५० मत पाएका छन् ।आदिवासी जनजाति खुल्लातर्फका उम्मेद्वार बालाजित राईले १६८ मत पाएका छन् । झापा क्षेत्र नं. १ का ६ सय ७ क्षेत्रीय प्रतिनिधिमध्ये ५ सय ६१ जनाले मतदान गरेको सहायक मतदान अधिकृत सुवास रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्