बिर्तामोड, कात्तिक २४ । झापामा पहिलोपल्ट आयोजित डोरीतान प्रतियोगिताको उपाधि कचनकवल गाउँपालिकाले जितेको छ ।

फाइनलमा भिड्दै कचनकवल र बुद्धशान्ति
ट्रफी उचाल्दै विजेता कचनकवल

झापा जिल्ला डोरीतान संघद्वारा आज बिर्तामोड– ३ बिर्ताबजारस्थित अनारमनी पव्लिक क्याम्पसको खेलमैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई २–१ ले पराजित गरी कचनकवलले उपाधि जितेको हो । पहिलो सेट कचनकवलले जितेको थियो भने दोस्रो सेट बुद्धशान्तिले जित्दै बराबरी गरेको थियो । फेरि तेस्रो सेट कचनकवलले जित्दै २–१ ले उपाधि जितेको हो ।

विजेता कचनकवलले नगद ३१ हजार , ट्रफी , मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बुद्धशान्तिले नगद २१ हजार , ट्रफी , मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा कचनकवल , बुद्धशान्ति ,गौरादह, हल्दिवारी ,मेचीनगर , भद्रपुर ,बिर्तामोड, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ९ टीमको सहभागिता रहेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेकोमा उनी उपस्थित भएनन् । आयोजकले प्रतियोगितामा १९ वटा टीम सहभागी हुने जनाएको थियो । झापामा पहिलो पटक डोरीतान प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

उपविजेता बुद्धशान्ति

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्