झापा, कात्तिक २४ । बिर्तामोड– ७ मा रहेको कन्चन अंग्रेजी माध्यमिक विद्यालयले तिहार विशेष साँस्कृतिक कार्यक्रम भब्यता साथ सम्पन्न गरेको छ ।

विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै आफ्ना धर्म संस्कारलाई बचाई राख्न विद्यालयमा गठित कन्चन बालक्लबले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम क्लबका अध्यक्ष यमुना निरौलाको अध्यक्षतामा भएको थियो भने विद्यालयका प्रधानाध्यापक दिपक चम्लागाईले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा आफ्ना नानीहरूको प्रतिभा हेर्न अभिभावकहरुको बाक्लो उपस्थिति रहेको विद्यालयको फाउन्डर डिल्लीराम चम्लागाईले जानकारी दिए ।कार्यक्रमको संचालन विद्यार्थीहरु अन्जना खडका, सियोन देवान र नेस्मा खातुनले गरेका थिए । कार्यक्रममा शिक्षकहरुले समेत नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्