झापा, कात्तिक २५ । तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्र्याएको प्रतिबन्धित बारुदजन्य विस्फोट पदार्थ (पटाका) प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

झापाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्र्याइएको करिब ८ लाख मूल्य बराबरको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । खुर्सानी बम , फूलझरी , बुलेट बम , कोकटेल बम , चकलेट बम , झिरझिरे , इलेक्ट्रिक बम , रकेट बम , मटका बम र सुपर डिलक्स बम गरी ७ लाख ९५ हजार ८०० मूल्यको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट ६ लाख ४५ हजार ५०० तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टा , इप्रका केचना र इप्रका जलथलबाट १ लाख ५० हजार ३०० रुपैयाँको पटाका बरामद गरिएको उनले जानकारी दिए । बरामद गरिएका पटाका पत्रकारहरुको रोहवरमा आज विहान नष्ट पारिएको छ । यसअघि सशस्त्र प्रहरीले साढे ९ लाख मूल्य बराबरको पटाका बरामद गरी नष्ट गरेको थियो । ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्