झापा, कात्तिक २६ । पाँचथरको फिदिममा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रथम अन्तर्राष्ट्रिय किरात आमन्त्रण गोल्डकप आयोजना हुने भएको छ ।

पाँचथर फुटबल क्लबले मंसिर १५ देखि २३ गतेसम्म गोल्डकप गर्न लागेको हो । प्रतियोगिताको तयारीबारे आज फिदिममा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । प्रतियोगितामा नेपालका ख्यातिप्राप्त ८ वटा र भारतका प्रतिष्ठित आठवटा फुटबल टिमले भाग लिने जनाइएको छ ।

प्रतियोगिता विजेताले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सञ्चालन गर्न पाँचथर फुटबल क्लबले अखिल नेपाल फुटबल संघसहित विभिन्न निकायबाट अनुमति लिइसकेको छ । खेल सञ्चालन गर्न ५१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्