झापा, कात्तिक २७ । कोशी प्रदेश सरकारको समन्वयमा मोरङ उर्लाबारी आगलागीका १४ घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

उर्लाबारी–७ स्थित सुन पसलमा मध्यरातसम्म आगलागी हुँदा जलेर २८ जना घाइते भएका थिए । स्थानीय दिपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको थियो । लक्ष्मीपूजाको रात भएको घटनामा प्रहरीसहित २८जना घाइते भएका थिए । शरीर जलेर गम्भीर घाइते भइ विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १४ जनालाई नेपाली सेनाको स्काई ट्रकबाट थप उपचार गर्न काठमाडौं पठाइएको हो । उनीहरूलाई बर्न अस्पतालमा भर्ना गरिने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

घाइतेहरूको न्युरो आर्या विराटनगर, विराट नर्सिङ होम विराटनगर र रेडप्लस अस्पताल विराटनगरमा उपचार भइरहेको थियो । बाँकीको झापाको लाइफलाइन अस्पताल दमक, बिर्तामोडको बीएण्डसी अस्पताल र गोदावरी अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएअनुसार विराटनगरबाट थप उपचार गर्न पठाइएका घाइतेको विवरण यसप्रकार छ;
१)रिद्दीकिरण राई
२)कुमार तामाङ
३) सलिम मन्सुरी
४) दिलकुमार आचार्य
५) चुणामणि प्रधान
६) दिनेश शर्मा
७) शिवकुमार विक
८) दिपेन्द्र कार्की
९) रामेश्वर मरिचको
१०) विशाल बस्नेत
११) कौशल गुरुङ
१२) नेत्र भण्डारी
१३) तारामणि लिम्बू
१४) राजन लिम्बू

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्