झापा,कात्तिक २८ । १९ दिनअघि झापाको बाह्रदशीमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका ट्रयाक्टर चालकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

गत कात्तिक ९ गते मध्यान्ह बाह्रदशी वडा नं. १ बिरिङ खोलानजिक हुलाकी सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ६३४४ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टर चालक बाह्रदशी १ बस्ने २१ वर्षीय राजेन्द्र राजवंशी घाइते भएका थिए ।

छातीमा चोट लागेर घाइते राजवंशीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा आज बिहान ७.३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्