झापा, कात्तिक २८ । मोरङको उर्लाबारी –६ सीमाना बस्तीका २३ वर्षीय धिरेन्द्र ढुङ्गेल कानेपोखरी –७ को जङ्गलमा मृत भेटिएका छन् ।

अस्थायी प्रहरी कार्यालय कानेपोखरीका प्रहरी सहायक निरीक्षक गुणराज पोख्रेलका अनुसार पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चौकबाट केही पूर्व सडक दक्षिणमा ढुङ्गेल मृत भेटिएका हुन् । मृत्युको कारण खुलेको छैन ।

सोमबार दिउँसो घरबाट बजारमा काम छ भनी निस्किएका धिरेन्द्र आगामी बिहीबार अध्ययनका लागि जापान जाने तयारीमा थिए । साँझ घर नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्