झापा, मंसिर २ । भारतीय सीमा नाकाबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एक युवक र अर्का युवती रहेका छन् । शनिवार दिउँसो ३.१० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. ६ मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मेचीनगर वडा न. १० धुलाबारी बस्ने २० वर्षीय रोहितकुमार पोदारलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ३०० सय मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यसैगरी शनिवार नै दिउँसो ३.२५ बजेको समयमा झापा गाउँपालिका वडा नं. ४ स्थित सुकुम्बासी टोल जाने बाटोमा प्रहरी चौकी टाँघनडुब्बा र बीओपी टाँघनडुब्बाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी शिवसताक्षी नगरपालिका वडा नं.१ बस्ने २९ वर्षीया कमला राउतलाई शंका लागेर चेकजाँच गर्दा कपालभित्र राखी लुकाईछिपाई ल्याउँदैं गरेको१ ग्राम ७७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्