भद्रपुर, मंसिर २ । झापा भद्रपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गौरव सुब्बा ‘मनोज’लाई मातृशोक परेको छ ।

उनकी माता हाङगमा लिम्बूको ९३ वर्षको उमेर शनिवार दिउँसो २ बजे निजी निवास भद्रपुरमा निधन भएको हो । मृतकका ३ छोरा, बुहारी, ३ छोरीहरु र नाति नातिनाहरु रहेका छन् ।

उनको पार्थिव शरीरको अन्त्येष्टि आइतवार विहान १० वजे विश्रान्ती घाट देउनिया खोलामा गरिने पारिवारिक स्रोतले जनाएको छ । वडा अध्यक्ष सुब्बाका पिता क्याप्टेन विरहाङ्ग लिम्बूको यसअघि नै निधन भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्