झापा, मंसिर ६ । जंगली हात्तीले मेचीनगर १३ चारआलीस्थित बौद्ध गुम्बामा क्षति पुर्याएको छ ।

आज बिहान १ बजेको समयमा चारआली जंगलबाट आएको एकल हात्तीले गुम्बाको टीनको छाना, गुम्बामा रहेको बुद्धको मूर्ति, सोही गुम्बाको दक्षिणमा रहेको गुम्बाका पुजारी बस्ने घर र भान्सा घरमा आंशिक रुपमा क्षति पुर्याएको हो । त्यस्तै भान्सा घरमा रहेको फ्रिज, भाडाबर्तन, अन्नपात समेतमा क्षति गर्दा अन्दाजी ३ लाख ८४ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्