झापा, मंसिर ७ । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान १ बजेर १९ मिनेट जाँदा चित्लाङआसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का मकवानपुरका विभिन्न ठाउँ, काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ ।