झापा, मंसिर ७ । काठमाडौंको बल्खुमा राष्ट्रिय युवा संघ र दुर्गा प्रसाई समूहबीच झडप भएको छ । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका दुवै समूहबीच आज दिउँसो झडप भएको हो।


तीनकुने आउनेक्रममा युवा संघका कार्यकर्ता मोटरसाइकल र्याली गर्दै बल्खु पुगेपछि दुर्गा प्रसाईं समूह र युवा संघ कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो। प्रहरी उक्त स्थानमा पुगेलगत्तै स्थिति नियन्त्रणमा आएको छ।

भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध र गणतन्त्रको पक्षमा काठमाडौंमा जनप्रदर्शन गरेको युवा संघ नेपालले जनाएको छ। प्रसाईँ समूहले हिन्दुत्व र राजसंस्था पुनःस्थापनाका पक्षमा नाराबाजी गरेका छन्।
आज युवा संघले तीनकुने र प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा बल्खुमा प्रदर्शन भएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्