झापा, मंसिर ८ । झापामा दिनहुँ आगलागी हुनेक्रममा आज बिहान गौरादहमा भएको आगलागीमा परी चौपाया जलेर मरेका छन् ।

बिहान ६ः५० बजेको समयमा गौरादह २ बस्ने मुक्तिप्रसाद मिश्रको ईटाको वाल र टिनको छानो भएको गोठमा खोले पकाउने क्रममा अचानक आगलागी भएको हो । आगलागीबाट एउटा गाई जलेर घाइते भएको छ भने एउटा बाछी जलेर मरेको छ । गोठको काठपातसमेत जलेर नष्ट हुँदा आगलागीबाट अन्दाजी १ लाख ६० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त आगो गौरादहको नगरपालिकाको दमकल , कमल गाउँपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको टोली र स्थानीय मानिसको सहयोगमा बिहान ७ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्