झापा, मंसिर ८ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको उनको सचिवालयले जनाएको छ ।

भक्तपुरको ठिमीमा रहेको घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएको छैन । उनको नेतृत्वमा आज काठमाडौंको तीनकुनेमा प्रदर्शनको तयारी थियो । काठमाडौं प्रशासनले प्रसाईंको अभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति नदिइएको भन्दै विज्ञप्ति जारी गरेको छ । प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् । तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।

प्रसाईंको सचिवालयका अनुसार प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन । उनका ३० जनाभन्दा धेरै समर्थक पक्राउ परेका छन् । सचिवालय सदस्य विनोद बजगाईंले प्रहरीले नजरबन्दमा राखेको र कारण बुझ्न प्रहरीको केन्द्रीय कार्यालय जान लागेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्