झापा , मंसिर ८ । झापाको मेचीनगर ११ धाइजनमा रहेको रबर उद्योगमा आगलागी भएको छ ।

आजबिहान ९ः३० बजेको समयमा जिल्ला धाईजन बस्ने शान्तिराम चिमरियाले संचालन गरेको धाईजन पशुपालन तथा रबर उद्योग प्रा.लि.मा रबर सुकाउने क्रममा रबर सुकाउने भट्टीबाट अचानक आगलागी भएको हो । आगलागीबाट रबर, रबर बनाउने मेसिन, १५० मन धान पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी चारआलीबाट खटिएको टोली, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा बिहान ११ बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्