झापा, मंसिर ८ । चोरी मुद्धामा फरार झापा भद्रपुरका आर्यन भन्ने कासिम शेख पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय शेखलाई शुक्रवार पक्राउ गरेको हो । झापा जिल्ला अदालतको गत असार ७ गतेको फैसला अनुसार चोरी मुद्दामा उनलाई ४ महिना कैद , रु.७ हजार जरिवाना तथा रु.२ सय पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाइएको थियो ।

पक्राउ परेका शेखलाई अदालतको आदेशले शुक्रवार नै कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्