बिर्तामोड,मंसिर ९ । बिर्तामोड ५ स्थित जनश्रुती महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः तुलकुमारी राजवंशी निर्वाचित भएकी छन् ।

शनिवार सम्पन्न संस्थाको दशौं साधारणसभाले राजवंशीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । त्यस्तै उपाध्यक्षमा विमला चौधरी , सचिव ममताकुमारी राजवंशी र कोषाध्यक्षमा पूर्णकुमारी राजवंशी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा इन्दु तिम्सिना गिरी , कमला अधिकारी भट्टराई र अनिता कार्की बस्नेत चुनिएका छन् । त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा सावित्रा राजवंशी तथा सदस्यहरुमा सरु राजवंशी र भगवती मेचे रहेका छन् ।

नयाँ कार्यसमति चयन गर्न बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल निर्वाचन अधिकृत रहेको निर्वाचन समिति गठन भएको थियो । दाहालले निर्वाचित भएको नयाँ कार्यसमितिको घोषणा गरेका थिए । संस्थाकी अध्यक्ष तुलकुमारी राजवंशीको अध्यक्षता तथा सहकारी अधिकृत दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका सदस्य सचिव सन्तोषप्रसाद सापकोटा , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष राजवंशीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । बिर्तामोडमा १३ वटा महिला सहकारी रहेकोमा कारोवारको हिसाबले जनश्रुती सबैभन्दा ठूलो भएको बताइएको छ । १ करोड ७२ लाख ८९ हजार ९५२ रुपैयाँ शेयर पुँजी रहेको सो संस्थामा १९५२ जना शेयर सदस्य रहेका छन् । संस्थाले यस वर्ष १३ लाख ९३ हजार ८८६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । सदस्य अनिता कार्की बस्नेतले स्वागत गरेको कार्यक्रमको संचालन सचिव ममताकुमारी राजवंशीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्