एजेन्सी । हमासले बन्धक बनाएकामध्ये थप १३ इजरायली र ४ थाई गरी १७ जना दोस्रो दिन रिहा भएका छन्।

अघिल्लो दिन हमासले २४ जनालाई मुक्त गरेको थियो। इजराइल र हमासबीच जारी अस्थायी युद्ध विरामको दोस्रो दिनसम्म हमासले कुल ४१ जनालाई आफ्नो नियन्त्रणबाट मुक्त गरी रेडक्रसको जिम्मा लगाएको छ। चार दिने युद्धविराम गरेका इजराइल र हमास दुबै पक्षले बन्दी साटफेर गरिरहेका छन्।

इजरायलका तर्फबाट जेलमा रहेका ३९ जना प्यालेस्टाइनी बन्दीलाई मुक्त गरिएको इजरायलको कारागार सेवाले पुष्टि गरेको छ। हमासले रिहा गरेका बन्धक इजरायलले पठाएको सूची आधारमा मुक्त गरिएका हुन्।
मुक्त हुनेमा बालबालिका, महिला र वृद्धवृद्धा बढी रहेका छन्। साथै एकै परिवारका दाजु बहिनी, आमा छोरी पनि परेका छन्। हमासको कब्जाबाट मुक्त भएकाहरुलाई रेडक्रसको सहायतामा इजरायल पुर्याइसकिएको छ।
साथै इजरायलले मुक्त गरेका प्यालेस्टाइनी बन्दीलाई पनि वेस्ट बैंकबाट परिवारको जिम्मा लगाइएको बताइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्