झापा, मंसिर १० ।झापामा पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबीच भेटवार्ता भएको छ ।

धुलाबारीस्थित मेची क्राउन प्लाजामा आइतबार भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । तर, कुराकानीको विषय राप्रपाका कुनै पनि नेताले खुलाउन चाहेनन् ।

यद्यपि झापामा शनिबार आयोजित कार्यक्रममा सहभागी हुन पुगेका पूर्वराजालाई त्यसको भोलिपल्ट अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
पूर्वराजाले राजावादीहरुसँग सामूहिक भेट पनि गरेका थिए । त्यसपछि लिङ्देनसहितका राप्रपाका केन्द्रीय नेताहरूसँग उनले छुट्टै भेटवार्ता गरेका थिए ।

सामूहिक भेटमा राजावादीहरुले वर्तमान व्यवस्थाप्रति वितृष्णा बढेको जिकिर गर्दै सबै राजावादी समूह एकजुट हुने बेला आएको बताएका थिए । सामूहिक भेटपछि शाहले राप्रपाका नेताहरूसँग छुट्टै भेट गर्दा नेताहरू रामकुमार सुब्बा,रोशन कार्की, सगुन लावती, राम थापालगायत सहभागी थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्