झापा, मंसिर ११ । झापाको बाह्रदशी ३ राजगढमा रहेको काठ मिलमा आगलागी भएको छ ।

आज बिहान ५ः२० बजेको समयमा राजगढ बजारमा रहेको गोपाल राजवंशीको काठको मिलमा विद्युतको तार सर्ट भई आगलागी भएको हो । आगलागीबाट काठ चिर्ने मेशिन , काठ र मोटर गरी करिब ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजगढबाट टोली खटिगई प्रहरी र स्थानीयबासीहरुको ६ बजे पूर्ण रुपमा निभाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्