झापा, मंसिर १२ । मोरङको उर्लाबारीमा लक्ष्मी पूजाको रात एक सुन पसलमा भएको आगलागीबाट घाइते भएकामध्ये पाँच जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति साढे ११ बजे काठमाडौंस्थित बर्न अस्पतालमा उपचाररत ४३ वर्षिय रामनरेश मरिताको मृत्यु भएको हो।

धनुषास्थित जानकीनन्दनी गाउँपालिका घर भएका मरिता आगलागी नियन्त्रणका क्रममा गम्भीर घाइते भएका थिए। उर्लाबारी नगरपालिकाको बरगाछीमा रहेको सुनचाँदीको पसलमा आगलागी भएको थियो।

सोही क्रममा घाइते भएर उपचारका लागि काठमाडौं लगिएका घरधनी ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको उपचारकै क्रममा मृत्यु भइसकेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए। आगलागी नियन्त्रणका क्रममा ४ प्रहरी र २४ स्थानीय गरी २८ जना घाइते भएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्