झापा , मंसिर १२ । दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई प्रहरीले पक्राउ गरेको छ।

थापा सिनामंगलस्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन्।उनलाई प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जना पक्राउ परेका थिए। पक्राउ पर्नेहरुमा श्रीनिवास आचार्यसहित भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि बिशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्