झापा,मंसिर १२ । झापाको गौरादहस्थित कार्कीचोकमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

गौरादह चोकभन्दा करिब ७०० मिटर दक्षिण कार्कीचोकमा बेल्ला पानीको अस्थायी नम्बर ना. अ. प. स. २५३ को पिकअप(रिफर भेन) र गौरादह नगरपालिका ई ५३ नं को सिटि सफारी एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनाबाट सिटि चालक गौरादह २ बस्ने अन्दाजी ५० बर्षिय रघुनाथ काफ्लेको मृत्यु भएको हो ।

दुर्घटनामा परी सिटिमा सवार गौरादह ३ बस्ने ५५ वर्षीया रमा नेपाल र सोही ठाउँकी ४४ वर्षीया मेनुका भण्डारी घाइते भएका छन् । त्यस्तै पिकअप चालक गौरीगञ्ज बस्ने राजेश दास पनि घाइते भएका छन् । घाइतेहरुको दमकमा उपचार भइरहेको दमक प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्