झापा, मंसिर १३ । पर्यटन विकास बोर्ड(NTB)तथा यु. एन. डि. पि. को सहकार्यमा विद्यालय स्तरका किशोर किशोरीबीच पर्यटन प्रबर्द्धनका क्षेत्रमा सचेतना प्रवाह गरी क्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ पहिलो चरणमा इलामका चार विद्यालय छनौटमा परेका छन् ।


जिल्ला सदरमुकाम इलाम बजारस्थित माउन्ट मेची बोर्डिङ स्कुल , आदर्श मा .वि. इलाम, बिरेन्द्र मा.वि. आइतबारे तथा श्रीकृष्ण आश्रम हाइयर सेकेन्डरी स्कुल सूर्याेदय नगरपालिका कन्याम छनौटमा परेका हुन् ।

बोर्डको कार्यक्रम अनुसार प्रत्येक विद्यालयमा पुगी विद्यालयको सहकार्यमा सो विद्यालयका छात्र –छात्राबीच कोशी प्रदेशको पर्यटन र सम्भावना बिषयमा वक्तृत्वकला प्रतियोगिता संचालन गरी प्रत्येक विद्यालयका विद्यार्थीको पहुँच र क्षमतालाई केन्द्रसम्म पुर्याउने उद्धेश्यले नेशनल सस्टेनेबल टुरिजम क्लबसमेत गठन गरिने टि.आर. टि. आई.का नेशनल स्कुल को–अर्डिनेटर लक्ष्मीप्रसाद बुढाथोकीले जानकारी दिए ।

मंसिर १२ गते आदर्श मा.वि. इलामबाट सुरु गरिएको विद्यालयस्तरीय प्रतियोगितामा सोही विद्यालयका बिद्यार्थी प्रकृति बस्नेत ,प्रणीता खनाल,गायत्री थापा क्रमशः प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । यसैगरी माउन्ट मेचीमा आयोजित कार्यक्रममा स्मृति भट्टराई ,सन्देश मगर र जोश्ना दाहालले प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको टि. आर.टि. आई.का (TRTI) कोशी प्रदेश प्रतिनिधि युवा रंगकर्मी तथा सामाजिक अभियन्ता माधब कल्पितले जानकारी दिएका छन् ।

सोही कार्यक्रममा माउन्ट मेचीका दिपक लुइँटेल र आदर्श मा.वि.का दुर्गाप्रसाद अधिकारी क्लब संयोजक रहने गरी ९ सदस्यीय समिति गठन गरिएको कल्पितले जानकारी दिएका छन् ।

कार्यक्रमको मुलभूत सार भनेको राष्ट्रको दिगो विकासका लागि पर्यटन भन्ने नाराका साथ पहिलो चरणमा देशका १ सय विद्यालयमा पुग्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको बोर्डका को–अर्डिनेटर बुढाथोकीले बताए । आदर्श मा.वि. इलामका प्रधानाध्यापक कुमार पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रमलाई गोपाल खतिवडा किवी बस्ती इलामले संचालन गरेका थिए भने आदर्श मा.वि. का शिक्षक दुर्गाप्रसाद अधिकारीले आफ्ना शब्दद्वारा स्वागत गरेका थिए ।
उक्त कार्यक्रम निरन्तर कोशी प्रदेशका करिव १५ वटा विद्यालयमा पुगेर संचालन गरिने टि. आर.टि. आई.की सदस्य सृष्टि सुवेदीले जानकारी दिएकी छन् ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्