बिर्तामोड, मंसिर १३ । झापाको बिर्तामोडमा अर्को समाचार अनलाइन थपिएको छ ।

ताजा अनलाइन पत्रिका मिडिया हाउस प्रालिद्वारा ईखरीपाटी डटकम सञ्चालनमा आएको हो । बुधबारबाट ईखरीपाटीको शुभारम्भ भएको संस्थाका अध्यक्ष विकासजंग कार्कीले जानकारी दिए । यो अनलाइनलाई www.ekharipati.com मा हेर्न सकिने उनले बताए । यसको मुख्य कार्यालय बिर्तामोड–५ मा रहेको छ । ‘अनलाइन सञ्चार माध्यममा भीड बढाउन मात्र हैन सशक्त सञ्चारमाध्यमको रूपमा खबरदारी गर्न हामी आएका हौँ,’ अध्यक्ष कार्कीले भने, ‘हामी सधैँ सत्यको पक्षमा रहनेछौँ । निष्पक्ष पत्रकारिता गर्ने छौँ ।’

ईखरीपाटीको सम्पादकमा शम्भु दाहाल रहेका छन् । उनी डेढ दशकदेखि झापाली पत्रकारितामा क्रियाशील छन् । साझामञ्च डटकम, माउन्टेन टेलिभिजन, जनता टेलिभिजन, बिर्ताज्योति साप्ताहिक, जनसंसद दैनिकलगायत सञ्चारमाध्यममा काम गरेका दाहालले पत्रकारिता तथा आमसंचार विषयमा स्नातक गरेका छन् ।

दाहालले ईखरीपाटी आवाजविहीनको आवाज बन्ने उनले बताए । ‘हामी पत्रकार आचारसंहितामा रहेर सधैँ गलतको खबरदारी गरिरहेने छौँ,’ उनले भने, ‘हामी आउनुको सार्थकता देखाउने प्रयत्न सधैँ रहनेछ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्