झापा, मंसिर १३ । लागूऔषध मुद्धामा फरार झापा बुद्धशान्ति गाउँपालिका वडा नं.२ बस्ने ५२ वर्षीय यादवराज पौडेल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई हिजो पक्राउ गरेको हो । झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापा जिल्ला अदालतको गत फागुन ११ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा उनलाई २ महिना कैद सजाय तोकिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्