झापा, मंसिर १४ । झापाको कचनकवल गाउँपालिका–५ डाँगावारीस्थित सुकुम्वासी बस्तीमा आगलागी भएको छ ।

स्थानीय जमिल मिया र इम्तियाज मियाको घरमा आगलागी भएको हो ।
भान्साबाट अचानक सल्किएको आगोले अन्दाजी ९ लाख मूल्य बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । हिजो बिहान ११.२० बजे भएको आगलागीबाट चार कोठे भुईँघरमा क्षति पुग्नुका साथै दुई तोला सुन, ४० तोला चाँदी, लत्ताकपडा, नगद २० हजार तथा घरका फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागी भद्रपुर नगरपालिकाको दमकल , ईलाका प्रहरी कार्यालय बनियानी, प्रहरी चौकी पाठामारी , ईलाका प्रहरी कार्यालय पृथ्वीनगरको टोली,स्थानीयबासी र बिओपी पाठामारीको सहयोगमा नियन्त्रणमा आएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्