झापा, मंसिर १४ । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जना स्थानीयको मृत्यु भएको छ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/07/Hatti-2.jpg)
गएराति बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटोमा रविन खड्कालाई हात्तीले आक्रमण गरेको थियो। आक्रमणमा परेका खड्काको घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।