झापा,मंसिर १५ । झापाको गौरीगन्ज गाउँपालिका ४ कदमगाछी सुकुम्वासी टोलमा तिम्ल्याहा बच्चा पाउने आमा तथा नवजात शिशुहरूको खानपान तथा भरणपोषणमा सहयोग पु¥याउन गाउँपालिकाले दुधालु गाई किनेर दिएको छ । गत असोजको तेस्रो साता अमिन ताजपुरियाकी बुहारी रविना ताजपुरियाले एकै पटकमा तीन बच्चाको जन्म दिएकी थिइन् । बिपन्न परिवारमा बालबच्चालाई ख्वाउनका लागि दूध समेत किन्न नसक्ने अवस्था रहेको पाएपछि आमा र बच्चाका लागि नै सहयोग पुगोस् भनेर दुधालु गाई उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष पूजन न्यौपाने कुवरले बताइन् । गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीसहितको टोली गएर तीन वटै बच्चासहित आमाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै गाई उपलब्ध गराएको हो । विराटनगरस्थित नोवल मेडिकल कलेज विराटनगरमा रविनाले तीन बच्चालाई जन्म दिएपश्चात् भरणपोषणमा समस्या सुरु भएको बताएकी थिइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्