बिर्तामोड, मंसिर १५ । एन्फा रेफ्री लोकराज ढुंगानाको निधन भएको छ ।

उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको हो ।

झापाका अग्रज फुटबल रेफ्री ४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्री कोर्स पूरा गरेका थिए । झापा बुधबारे निवासी उनी झापा जिल्ला फुटबल रेफ्री संघको पूर्व वरिष्ठ उपाध्यक्ष तथा हाल कोशी प्रदेश फुटबल रेफ्री संघको सदस्य थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्