झापा,मंसिर १६। झापाको एउटा सामुदायिक विद्यालय विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कमल गाउँपालिका ७ मा रहेको पिङ डाँडा आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या १३ मात्र रहेको पाइएको हो । शिक्षक तथा कर्मचारीको सङ्ख्या ६ रहेको छ । एउटै कक्षा कोठामा राखेर ५ कक्षासम्म पढाइ हुने गरेको छ । वि.स.२०४४ सालमा स्थापना भएको सो विद्यालय भौतिक पूर्वाधार र जनशक्ति भए पनि विद्यार्थीहरू नभएको बताइन्छ । यो शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्याको अभिलेखमा ३५ जनाको नाम रहे पनि गाउँपालिकाको शिक्षा शाखाले गरेको अनुगमनमा १३ जना मात्र विद्यार्थी रहेको पनि रहस्य खुलेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्