झापा,मंसिर १७ । झापा प्रहरीले लागूऔषधको कुलतमा फसेकाहरुका लागि मनोपरामर्श र पुनःसामाजिकीकरण अभियान संचालन गरेको छ ।

अभियानअन्तर्गत लागूऔषधको कुलतमा फसेका दुर्व्यसनकर्ताहरुलाई प्रशिक्षण दिने गरिएको छ । यसक्रममा लागूऔषधको कुलतमा फसेका४५ जना दुर्व्यसनकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरी र प्रहरी नायव निरीक्षक सुवास मिश्रले लागूऔषधको असर र प्रभाव, कसुर सजायलगायतका बिषयमा प्रशिक्षण दिएका छन् ।

त्यस्तै पुनःस्थापना सुधार केन्द्र काँकरभिट्टाका संचालक संदिप थापा र भिम लुईटेलले उत्प्रेरणा बढाउने भनाईहरु समाबेश गरी मनोरञ्जनात्मक विधिबाट प्रशिक्षण दिएका थिए । कार्यक्रममा दुर्व्यसनीका सामूहिक प्रतिबद्धता ‘I Dare No Drugs’ नाराका साथ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले समापन मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्